काठमाडाैं- नेपालमा काेराेना संक्रमण ( काेभिड-१९) का कारण ज्यान गुमाउनेकाे संख्या एक हजार माथी पुगेकाे छ । पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंदख्या मन्त्रालयले जनाएकाे छ ।

यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ।