जलजला गाउँपालिकामा सात दिन ‘लक डाउन’ घोषणा

0

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन सात दिन लक डाउन घोषणा गरिएको छ ।
मंगलवार सम्पन्न गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको वैठकले पालिकाका वडाहरुमा संक्रमण फैलन नदिनका लागि बुधवारदेखि लागु हुने गरी कात्तिक २५ गते सम्म लकडाउन घोषणा गरिएको हो ।

पछिल्लो समय छिमेकी जिल्ला र पालिकाहरुमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप संक्रमण नफैलियोस् भनेर लक डाउन गर्ने निणर्य भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

म्याग्दीको वेनी नगरपालिका, बागलुङ नगरपालिका र कुश्मा नगरपालिका समेत उच्च जोखिममा परेपछि एक साताका लागि बन्द गरिएको छ ।गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको मंगलवारको वैठकले कात्तिक १९ गते बुधवारदेखि २५ गतेसम्म गाउँपालिका भरी लकडाउन गर्ने निणर्य गरेको अधिकृत शर्माले जानकारी दिनुभयो ।

वैठकले गाउँपालिका भित्र संचालित सवै वित्तय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, वगरफाँट, लस्ती लगायतका क्षेत्र बन्द गर्ने, निणर्य गरेको छ । त्यसैगरी गाउँपालिका र वडा कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोभिड-१९ को बढ्दो संक्रमणलाई संवेदनशिल रुपमा लिन समेत गाउँपालिकाका बासिन्दाहरुलाई आग्रह गरेको छ । पालिकाले आव्हान गरेको लकडाउनलाई पुणर् रुपमा पालना गरी सहयोग गर्न समेत आग्रह गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

त्यस्तै अत्यावश्यक सामाग्रीहरुका पसलहरु भने विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजे सम्म संचालन गर्न दिने समेत निणर्य भएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्राक्ट ट्रेसिङमा २० जना  भन्दा बढिमा कोरोना संक्रमण देखिएपछि जलजलामा कडाई गर्न थालिएको हो । जलजलामा हालसम्म संक्रमीतको सख्ंया २७ पुगेको छ ।

Leave a Reply