सात तल्लाबाट खसेर म्याग्दीका एक यूवाको जापानमा मृत्यु भएको छ । म्याग्दी घर भई जापानमा बस्दै आएका अन्नपूर्ण गाउँपालिका-५ शिख घर भएका  भरत पुनको गम्भीर अवस्थामामृत्यु भएको त्यहाँ रहेका म्याग्देलीले बताएका छन् । उनको मृत्युको कारण पत्ता लगाउन नागोया प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

सात तल्लाबाट खसेका पुनलाई अस्पताल पु¥याउँदा अस्पतालमै उनको निधन भएको हो । मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्कीले घटनाले स्तब्ध भएको बताएका छन् । यता मोना जापानका महासचिव गणेश श्रेष्ठले मृतकको पुनको शव नागोयास्थित नाकाकु अस्पतालमा राखिएकाले थप जानकारी लिने प्रयास भइरहेको बताए।

प्रहरीले यस घटनामा अनुसन्धान गरेकाले घटनाक्रम र मृत्युको कारण अहिलेसम्म जानकारीमा नआएकाले घटनाको अनुसन्धान भइरहेको मोना जापानले जनाएको छ । मृतकका परिवारह हाल पोखरामा समेत बसोबास रहेको बताइएको छ ।