प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा गरे देश अस्थिरतातर्फ जाने बताउनु भएको छ ।शिक्षण अस्पताल परिसरमा निर्माण गरिएको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले एकथरी मुलुकमा अस्थिरताका ल्याउन लागिपरेका छन्, तीनलाई बल पुग्ने गरी म राजीनामा दिन्न । कार्यक्रमममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मैले अहिले राजीनामा दिन मिल्छ ? अहिले राजीनामा गर्नुभनेको देशलाई बर्वादी तीर लैजानु हो ।
म राजीनामा दिन्न , म यो स्थानमा ब्यक्तिगत रहरले भन्दा पनि जनताको बिश्वासले आएको हु किन राजीनामा दिने ?, यो सरकार फेरिन्छ कि यस्तो उस्तो हुन्छ कि भन्ने कुनै भ्रममा नपर्न आग्रह गर्दे प्रधानमन्त्री ओलीले एउटा वगर्ले जे बिषयमा पनि आलोचना गर्ने गरेको गुनासो गर्नुभयो ।
मुलुकलाई अस्थितरता तर्फ लैजानका लागि त्यसैको खेती गर्ने बर्ग यतिबेला एडिक्ट भएको टिप्पणी गर्दे प्रधानमन्त्री ओलीले स्थीरताको लागि काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना , गरिबी र बेरोजगारी बिरुद्धको लडाई सबैको साथले जित्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । Source: newspolar.com