गण्डकी प्रदेशमा एकैदिन ६ जना संक्रमितको मृत्यु

0

गण्डकी प्रदेशमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो २४ घण्टामा पोखरामा ५ सहित गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको जनाएको हो । यसअघि मंगलबार ८ जना मृत्यु  भएकोमा बुधबार थप ६ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ की ४२ वर्षिया महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । मृतक महिलामा मिर्गौला खराब, उच्च रक्त चापलगायतको समस्या रहेको जनाइएको छ ।

पोखरा २६ का ७३ वर्षीय पुरुषको आज विहान निधन भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचाररत उनको बुधबार बिहान ७ बजे निधन भएको निर्देशनालयले जनाएको छ । निमोनियाका समस्या भएका ती पुरुषलाई कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, पोखरा २५ का ५२ वर्षीय पुरुषको पनि आजै मुत्यु भएको छ । कात्तिक १५ गते कोरोना पुष्टि भएका उनलाई निमोनियाको समस्या थियो । पोखरा १६ का ५९ वर्षिय पुरुषका ेपनि मृत्यू भएको छ । कात्तिक १५ गते कोरोना पुष्टि भएका उनको चरक मेमोरियल अस्पताल नागढुंगामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ । उनकोपनि पोखराको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पोखरा १६ का २८ वर्षिय युवककोपनि कोरोनाले मृत्यु भएको छ । १६ गते कोरोना पुष्टि भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply