नेपाल उद्योग वाणिज्य महासंघको खुल्लातर्फको केन्द्रिय सदस्यका उम्मेदवार म्याग्दीका कुविरकुमार श्रेष्ठले पुनः चुनावी अभियान सुरु गरेका छन् । कोरोना भाइरसको जोखिमले रोकिएको निर्वाचन हुने निश्चित भएपछि म्याग्दी उद्योग वाणिज्य संघले विदाई गरेको छ ।

म्याग्दी उवासंघले खुल्लातर्फको केन्द्रिय सदस्यमा सारेको श्रेष्ठले यसअगाडी गण्डकी, बागमती र प्रदेश ५ अन्तरगत रहेका उद्योग वाणिज्य संघमा भेटघाट समेत गरिसकेका छन् ।

म्याग्दी उवासंघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठलाई महासंघको ५४ औ बार्षिक साधारण सभामा दिएको उम्मेदवारीमा मुस्ताङ, बागलुङ, पर्वतका साथै गण्डकी प्रदेशका अधिकांस उवासंघले प्रतिबद्धता जनाइसकेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघमा २०५८ सालमा प्रवेश गरेका श्रेष्ठ सदस्य, उपाध्यक्ष हुदै अध्यक्षमा निर्वाचित भएका थिए ।
श्रेष्ठको कार्यकालमा म्याग्दीमा एक जिल्ला एक उत्पादन अन्तरगत टिम्मुर खेतीको विस्तार गरिएको थियो ।

श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनावी मैदानमा छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।