जापानमा दुर्घटनामा परी ज्यान गुमाएका उत्तरी म्याग्दी अन्नपूर्ण गाउँपालिका–५ शिखका भरत पुनको शुक्रबार नागोयामा अन्त्येष्टी गरिएको छ । सात तल्लाबाट खसेर गम्भीर घाईते भएका पुनको उपचारको क्रममा नागोयास्थित नाकाकु अस्पतालमा मृत्यु भएको थियो ।

शिख घर भई पोखरामा बसोबास गर्ने पुनको एनआरएनए नोगाया, मोना जापान, क्षेत्रीय समिति नागोया, मगर समाज नागोया लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अन्त्येष्टी गरिएको हो ।म्याग्दी र पोखराका संघसंस्थामा आवद्ध रहेका पुनको मृत्युले संस्थागत गतिविधिमा समेत अपुरणीय क्षती पुगेको मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । ‘भाईको दुर्घटनाको खवर लगत्तै अस्पतालमा पुर्याउँदा समेत जोगाउन सकिएन्,‘सम्पूर्ण म्याग्देली स्तब्ध छौ’ कार्कीले भने । मृत्युको कारण पत्ता लगाउन नागोया प्रहरीले अनुसन्धान गरिरहेको छ ।