शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहि आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको विचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको सम्बिन्धतस्थलमा पुगेका नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीलाई अहिले तोर्पा गाउँबाट सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्य शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो ।

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट पुगेका छन् । सिमकोट पुगेका मुख्यमन्त्री शाहीको अवस्था सामान्य रहेको जनाइएको छ । यस्तै प्रदेशका प्रवक्ता मन्त्री केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।