अष्टेलियाको सिड्नी स्थित चेष्टरहिलको नर्फोड पार्क मा सम्मपन्न भएको २१ औ सस्करणको जि एन सी लिग र शिल्डको उपाधी दोस्रो पटक पनि बेनी एफ सी आफ्नो पोल्टामा पार्न सफल भएको छ।

बेनी एफ सीले आफ्नो अपराजित यात्रालाइ कायम राख्दै १२ टिम सहभागी रहेको लिग तर्फ ९ जित र २ बराबरी खेल खेल्दै २९ अकका साथ दोस्रो पटक लिगको उपाधी उचाल्न सफल भएको थियो । लिगको दोस्रो तेस्रो र चौथो स्थानमा क्रमश द राजिङ गोर्खा माच्छापुञ्छे र सगरमाथा क्लबहरु रहेका थिए । लिग पश्च्यातको सेमिफाइनल खेलमा बेनी एफसीले सरगमाथा र द राजिङ गोर्खाले माच्छापूञ्छे क्लबलाइ पराजित गर्दै जिएनसी शिल्डको फाइनलमा प्रवेश गरेका थिए।

लिगको टप ४ बिच हुने जिएनसी शिल्डको प्रतिस्प्रर्धाको फाइनल खेलमा बेनी एफसीले द राजिङ गोर्खालाइ पेनाल्टीमा २ का विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै जिएनसी शिल्डको पनि उपाधी उचाल्न सफल भएको हो । निकै प्रतिस्प्रर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफको १० मिनेटमा बेनी एफसीका बिकास गौचनले पहिलो गोल गरेका थिए शुरुवाटी अग्रता लिएको बेनी एफसी आफ्नो अग्रता पहिलो हाफको अन्तसम्म मात्र राख्न सफल बन्यो पहिलो हाफको अन्त तिर द राजिङ गोर्खाको तर्फबाट शेराप थापा मगरले गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याएका थिए त्यस पनि दुबै टिमले कुनै थप गोल भने गर्न सकेनन। निर्धारित समय खेल एक एक गोलको बराबरीमा सकिएको थियो र थप गरिएको समयमा दुबै टिमबाट कुनै गोल हुन सक्दा खेल पेनाल्टीमा पुगेको थियो । द राजिङ गोर्खाको तर्फबाट प्रहार गरिएको ४ प्रहार मध्ये २ प्रहारलाइ बेनी एफ सीका गोल किपर बिबेक अधिकारी बचाइ दिएका थिए बेनी एफसीको ४ प्रहार गोलमा परिनत भएको थियो ।

पेनाल्टी प्रहार

द राजिङ गोर्खा                                                           बेनी एफसी

प्रनिश रञ्जित                                                             हेमन गुरङ्ग

सुनिल भण्डारी                                                          अजय तामाङ्ग

सुरज राउट                                                             सुनिल तामाङ्ग

शेराब थापा मगर                                                      सबल (बाबु) बानिया

त्यस्तै जिएनसी लिग अन्तरगतको ३५ वर्षभन्दा माथीको उमेर समूहको लिग खेलको उपाधी माच्छापुञ्छे क्लबले हात पारेको छ ६ टिम रहेको सो समूहो खेलमा १३ अकका साथ माच्छापुञ्छे क्लबले उपाधी माथि कब्जा जमाएको थियो। ३५ वर्ष भन्दा माथिको उमेर समूहको जिएनसी शिल्ड तर्फको उपाधीको लागि भएको फाइनल खेलमा पारापर्क फुटबल क्लबले हिमालयन यूथ क्लबलाइ १ विरुद्ध ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो पटक उपाधी उचाल्न सफल भएको छ।

बेनी एफसीका गोलकिपर बिबेक अधिकारी फाइनल खेलका म्यान अफ द म्याच का साथै प्रतियोगिता भरका उत्कृष्त गोलकिपर घोषित भएका थिए । बेनी एफका सबल बनािया प्रतियोगिता भर १४ गोल गर्दै हाइस्कोर घोषित भएका थिए द राजिङ गोर्खाका प्रनिश रञ्जित सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।