आविष्कार केन्द्रका लागि भिम उपाध्यायले १४ लाख संकलन

0

बैज्ञानीक महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रका लागि भिम उपाध्यायले फेसबुकमा पोस्ट्मा गरियको एक अपिलले ७ दिनमा करिब १४ लाख रकम संकलन भयको छ ।नेपाल सरकारको पुर्व सचिब समेत रहेका सामाजिक अभियन्ता भीम उपाध्यायले फेसबुकमा ७ दिन अघि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न अपिल गरेका थिए ।

उनको अपिल पछि दाताहरुबाट आज आईतबार दिउसो १ बजे सम्ममा १३ लाख ५९ हजार २ सय १९ नेपाली रुपैयाँ संकलन भयको छ ।अभियन्ता उपाध्यायले सामाजिक संजाल मार्फत ७ दिन को अबधिमा ५ सय ९ जना दाताहरुबाट उक्त रकम संकलन भयको बताएका छन् । साथै सहयोग गर्ने सम्पुर्ण दाताप्रति आभार व्यक्त गरेका छन् ।

विभिन्न बैज्ञानिक उपकरणहरु निर्माण तथा नयाँ खोजमा रहेको आविष्कार केन्द्रलाई आर्थिक आबश्यकता परेकाे भन्दै नेपाल सरकारलाई पटक पटक सहयोगका लागि आग्रह गरिदै आयको भएता पनि सरकारी क्षेत्रको उदाशिनताका कारण सरकारी पक्षबाट सहयोग नभयको समयमा उपाध्यायले दान अभियान सुरु गरेका हुन् ।

उनको एउटा अपिलमा यति सातादिनमा करिब १४ लाख संकलन हुनुमा नेपालीपन रहेको जानकारहरु बताउन्छन् । उपाध्यायले फेसबुक पोस्टको अपिल बाटै धेरैका घर निर्माण, उपचार हुने गरेका छन् । आर्थिक सहयोग गर्ने दाताहरुले ५० रुपैयाँ देखि लाख सम्म दान गरेको उपाध्याय बताउन्छन् ।

उपाध्यायका अपिललाई सार्थक बनाउन अभियन्ता ईशा गुरुङ्ग पनि साथसाथै रहेकी छिन् । लक्ष्य सहित आर्थिक सहयोग , दानका लागि आफुले अपिल गर्दै आयको भए पनि आविष्कार केन्द्रका लागि कुनै लक्ष्य नलिएका र यो निरन्तर चल्ने उपाध्यायले बताए । source:sunrisenewspost.com

Leave a Reply