बागलुङमा वकिल सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङका एक जना वकिल र एक जना प्रहरी सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिका वडा नम्बर १ का ५७ बर्षिय एक जना पुरुष, बानपा–२ की ४० बर्षिया एक जना महिला, बानपा–३ का ४३ बर्षिय एक जना पुरुष, बानपा–४ का ७४ बर्षिया एक जना महिला र ५५ बर्षिय एक जना पुरुष र जिल्ला प्रहरी कार्यालय बागलुङका ३३ बर्षिय एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

फोकलपर्सन घिमिरेले कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि आएकाहरुको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।