कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

0

कोभिड- १९ का लागि बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशतसम्म काम गर्ने सुरुआती विश्लेषण गरिएको छ। यो भ्याक्सिन औषधी कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन्। कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान दिन’ भएको बताएको छ।          कम्पनीले यो महिनाको अन्तिमसम्म भ्याक्सिन प्रयोगका लागि निवेदन दिने छ। कोरोनाविरुद्धको लडाईमा भ्याक्सिनलाई नै प्रमुखताका साथ हेरिएको अवस्थामा यो ठूलो सफलता हो।         यो भ्याक्सिन ६ देशका ४३ हजार मानिसमा परीक्षण गरिएको छ। परीक्षणको क्रममा मानव जीवनको रक्षाका लागि कुनै समस्या आएको छैन।                                                                विश्वभर दर्जनौं भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन्। यसलाई ‘फेज थ्री’ ट्रायल भन्ने गरिन्छ। यो मामिलामा नतिजा दिन सफल यो भ्याक्सिन पहिलो हो।  भ्याक्सिनको प्रतिरोधी क्षमता कहिलेसम्म रहने र कुन कुन उमेर समूहका मानिसमा के असर हुन्छ भन्नेबारे भने कम्पनीले कुनै जानकारी दिएको छैन।

Leave a Reply