पर्वतको जलजलामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0

पर्वतको जलजला गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जलजला गाउँपालिका वडा नं. ९ बनौका तीन जना पुरुषमा पुष्टि भएको हो । संक्रमण पुष्टि हुने ३४, ३६ र ४० वर्षका पुरुष रहेका छन् । उनिहरु पनि कन्ट्रयाक ट्रेसिङको क्रममा पोजेटिभ भेटिएका हुन् ।
उनिहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या २०९ पुगेको छ ।

Leave a Reply