होटेल व्यावसाय विस्थापीत

0

सन्तोष गौतम

म्याग्दी १५ मंसिर । बेनी जोमसोम सडकखण्डमा सवारी साधन संचालन हुन थालेपछि होटेल व्यावसाय गर्दै आएकाहरु विस्थापित हुन थालेका छन् ।

विश्वमै उत्कृष्ट पदमार्ग मानिने म्याग्दी र मुस्ताङका विभिन्न
पर्यटकीय स्थलहरुको भ्रमण गर्न आउने पर्यटकहरु गाडिमा यात्रा गर्न थालेपछि
व्यावसायीहरु विस्थापित हुन थालेका हुन । म्याग्दीको तिप्ल्याङ् दाना
घारखोला तथा मुस्ताङको घाँसा लेते र कोबाङमा करिब १ सय भन्दा बढी ठुला
होटेल र लज छन् । पदयात्रा गर्ने पर्यटकहरु गाडिमा यात्रा गर्न थालेपछि यी
ठाउँका अधिकांश होटेल र लज बन्द भएको कोबाङकी होटेल व्यावासय भिमकुमारी
थकालीले बताउनुभयो ।

मोटरबाटो संचालन भएपछि बेनी देखि तीन दिनमा पुगिने जोमसोम ५ घण्टामा
पुग्न सकिने भएको छ । पर्यटकहरु गाडीमा यात्रा गर्न थालेपछि होटेल बन्द
गर्नुपरेको दानाको न्यु अन्नपुर्ण होतलका संचालक पुर्ण तिलीजा बताउनुहुन्छ
। गत बर्ष सम्म पर्यटकहरुले दैनिकजसो खचाखच भरिने होटेलहरु अहिले शुनसान
छन् । मोटरबाटोले पुरानो पदमार्ग पनि विस्थापित बनाएको छ । पदमार्ग
मोटरबाटोमा परिणत भएपछि यातायातका साधनले गर्ने प्रदुषणका कारण पनि
पर्यटकहरु नचाहेर पनि गाडिमा यात्रा गर्न बाध्य बनेको पदप्रर्दशक राजु
पौडेलको भनाई छ । बर्षौदेखि होटेल व्यावसायबाट जिविकोपार्जन र आम्दानी
गर्दैआएकाहरु व्यावसायबाट विस्थापित बन्ने अवस्था आएकोमा चिन्तित छन् ।