बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले काठेखोला गाउँपालिका–२ का २७ बर्षिया एक जना महिला र ४४ बर्षिय एक जना पुरुष, वडा नम्बर ६ का ७३, ४० र ३३ बर्षिय तीन जना पुरुष, बागलुङ नगरपालिका १ की ५२, ३८ र १६ बर्षिया तीन जना महिला, ४४ र ३६ बर्षिय दुई जना पुरुष, वडा नम्बर २ का ३०, २९ र २५ बर्षिय तीन जना पुरुष र ४९ बर्षिया एक जना महिला, वडा नम्बर ४ का ८ बर्षिय पुरुष र २२ बर्षिया एक जना महिला, वडा नम्बर ८ का २८ बर्षिय एक जना पुरुष, ठेगाना नखुलेकी बागलुङ नगरपालिकाकी ३५ बर्षिया एक जना महिला र कारागार कार्यालय बागलुङका २९ बर्षिय एक जना थुनुवा पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु मध्य दुई जना कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पताल बागलुङमा भर्ना गरिएको र अन्य संक्रमितको कन्ट्याक टे«सिङका परेपछि पिसिआर गर्दा कोरोना पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो। संक्रमितहरुलाई केहिलाई होम आइसोलेसन र केहिलाई बागलुङ नगरपालिका, काठेखोला गाउँपालिकाको आइसोलेसनमा राख्ने तयारी भइरहेको फोकल पर्सन घिमिरेले बताउनुभयो ।