कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार बझाङ जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए ।

कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । समूहको नेकपाका कार्यकर्ता धामीलाई प्रहरीले यही कात्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फरार भएका हुन् । रातोपाटीबाट साभार