पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। सक्रिय संक्रमित ३५ हजार १२५ जना रहेका छन् भने १ हजार २ सय २१ जनाको मृत्यु भएको छ।