पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ। सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् भने १ हजार २ सय ३० जनाको मृत्यु भएको छ।