हङकङमा नेपालीद्वारा सञ्चालित एक रेस्टुरेन्टमा आगलागी भएकाे छ । साे क्रममा ११ काे मृत्यु भएकाे बताइएकाे  छ ।हङकङको कार्मालोन क्षेत्रमा नेपालीद्वारा सञ्चालित ‘जिरे खुर्सानी’ नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो ।आगलागीमा परी मृत्यु हुनेमा नेपालीहरू नै रहेका छन् ।

मृतकमध्ये ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको सनाखत भइसकेकाे छ । बाँकी ४ जनाकाे सनाखत हुन सकेकाे छैन । रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो सल्किएर साे दुर्घटना भएकाे बताइएको छ ।