नियमित कार्यक्रमअन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो ।

परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले यसअघि निर्धारित समयभन्दा डेढ महिना ढिला भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएकाले औषधिको समय मिलानका लागि मंसिरमा सारिएको बताए ।

राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रमँगै जुकाको औषधि र पोषण तत्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको नाप लिइने बताए । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ ।