अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने महाशाखाकी मौसमबीद् शान्ति कंडेलले जानकारी दिइन् । उनका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ ।