नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न, सीमापार रेल सञ्चालनबारे छलफल

0

 नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ । दुवै देशबीच सीमापार रेलमार्ग सञ्चालन एवं सहकार्यसम्बन्धी उक्त कार्यदलकाे बैठक बिहीबार सम्पन्न भएकाे हाे ।

भिडियो कन्फरेन्समार्फत् सम्पन्न भएकाे बैठकमा जयनगर-बिजलापुर-बर्दिबास र जोगबनी-विराटनगर सीमापार रेलमार्ग सञ्चालनबारे छलफल भएकाे बताइएकाे छ । कार्यदलद्वारा जारी विज्ञप्तिमा दुबै देशबीच सीमापार यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलमार्गको प्राविधिक तयारीबारे छलफल भएको जनाइएको छ ।छलफलमा भारतकाे ३७४ करोड अनुदान सहयोग अन्तर्गत जोगवनी र विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजनाकाे काम पनि तीव्र रुपमा अघि बढाउने सहमति भएकाे विज्ञप्तीमा उल्लेख छ । साथै नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर (एसओपी) बारेमा बैठकमा छफफल भएकाे जनाइएकाे छ ।

Leave a Reply