आन्तरिक राजश्व कार्यालय बागलुङले नवौ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेड लाई सम्मान गरिएको छ। आर्थिक वर्ष २०७५÷०७६ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः ‘विकास, समृद्धि र शुसासन’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा बढी कर बुझाउने करदातामध्ये जिल्लागत रूपमा उत्कृष्ट करदाता घोषणा गरी प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रमुख कर अधिकृत हेमराज सुबेदीले दोसल्ला सहित कदरपत्रले सहकारीका उपाध्यक्ष राजकुमार थापालाई सम्मान गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीको न्यूरोडमा अवस्थित सहकारीले म्याग्दीबाट सबैभन्दा धेरै कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको उपाध्यक्ष थापाले बताए।

कुमारी सहकारी यसअगाडी समेत उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, महासचिव लिलाराम गौतमको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रजिअ न्यौपानेले करले राज्यलाई कर तिर्न हिच्किचाउन नहुने बताए ।