म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामासदरमुकाम बेनीमा कर तथा राजश्वको विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर सप्ताह–२०७७ को अवसरमा चालु आर्थिक वर्षमा नेपाल सरकारले व्यवस्था गरेको कर तथा राजश्वसम्बन्धी विषयको अभिमुखीकरण गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल सरकारले उद्योग तथा वाणिज्यका क्षेत्रमा व्यवस्था गरेको करको बारेमा अन्तत्र्रिmया र छलफल समेत गरिएको जनाइएको छ । सोही अवसरमा आन्तरिक राजश्व कार्यालय बागलुङका नवआगन्तुक प्रमुख कर अधिकृत जनकराज शर्मालाई स्वागत गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

नवआगन्तुक प्रमुख कर अधिकृत शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश कार्यकारिणी सदस्य कुविरकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत बुद्धिप्रसाद शर्मा, नायब सुब्बा शालिकराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको धन्यवाद मन्तव्य र महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित उद्योगी एवं व्यापारीहरुले सहभागिता जनाएका थिए ।