पर्वतमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ का दुई जना ३४ र ४५ वर्षिय पुरुष तथा कुश्मा नगरपालिका वडा नं. ४ की २१ वर्षिया महिला, कुश्मा नगरपालिका वडा नंं ५ की एक २२ वर्षिया महिला र १७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सवै कन्ट्राक्ट टे्रसिङवाट पहिचान भएका हुन् । संक्रमित सवैलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ९२ पुगेको छ ।