म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाले मृगौलापीडित,अपाङ्ग र शिक्षादिक्षामा सहयोग

0

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाले मृगौलापीडित,अपाङ र दुई बालकको शिक्षादिक्षामा आर्थिक सहयोग गरेको छ । गएको भदौ महिनाको १५ गते म्याग्दी खोलामा बेवारिसे अवस्थामा भेटिएका बेनी नगरपालिका–७,मंगलाघाटका भुवन थापाको दुई छोराको प्रशान्त थापा र पृन्स थापालाई ४० हजार, बेनपा–२ ज्यामरुककोटका कृष्णबहादुर घिमिरे २० हजार र धवलागिरी गाउँपालिका–७ ताकमका मृगौला पीडित थमबहादुर सुनारलाई २५ हजार हस्तान्तरण गरिएको छ ।रोजगार, शिक्षा र ब्यवसायको सिलसिलामा क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीको साझा संस्थामार्फत मना भण्डारी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा हस्तान्तरण गरिएको थियो। म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाका अध्यक्ष पूर्ण रोका मगरले आर्थिक अवस्था कमजोर भएको जानकारी पाएपछि उपचारमा सहयोग गरेको बताए । ‘सहयोगले केही राहत मिल्ने छ,‘भविस्यमा पनि निरन्तर यस्तै गतिविधिमा सक्रिय हुन्छौ’ उनले भने । संस्थामार्फत प्राप्त सहयोगलाई बैंक खाता तथा उपस्थित भएरै हस्तान्तरण गरिएको थियो । संस्थाले यस अगाडी म्याग्दीका बाढीपहिरो पीडितको पुर्नवास अभियानमा मोना अन्तराष्ट्रियको खातामा ७ लाख २३ हजार ७५० रुपैयाँ सहयोग समेत गरेको छ ।

Leave a Reply