दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका एक यूवालाई अस्ट्रेलियाबाट झन्डै चारलाख आर्थिक सहयोग गरिएको छ ।

मृगौलाले काम नगरेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ निस्कोटका ३० बर्षिय चित्रबहादुर पुनलाई अष्ट्रेलियामा रहेका निस्कोटबासीको पहलमा ३ लाख ८३ हजार ६६० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

अस्ट्रेलियामा रहेका निस्कोटका नरबहादुर पुन, गोपाल पुन, सञ्जय पुन,प्रभात पुनको पहलमा संकलन भएको आर्थिक स्थानीय भबहादुर पुन र बिमल पुनमार्फत बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालमार्फत पीडितलाई हस्तान्तरण गरेका थिए ।

बैदेशिक रोजगारीमा गएर फर्किने क्रममा प्रेसरले हानेपछि मृगौलामा खरावी देखिएर उपचार गराइरहेका पुनको आर्थिक अवस्था निकै कमजोर भएपछि निस्कोटबाट विभिन्न देशमा रहेका निस्कोटबासीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए । बैदेशिक रोजगारीकै क्रममा श्रीमतिले समेत दोस्रो विवाह गरेपछि पीडितका दुई छोराछोरी र बृद्ध बुबा घरमै छन् ।सहयोग हस्तान्तरण कार्यक्रममा बेनी अस्पतालमै डायलासिस सेवाको ब्यवस्था गरिदिन समेत पीडितले अनुरोध गरेका थिए । उपचारमा आर्थिक अभाव भएपछि बेनीअनलाइनले अस्पतालबाटै पीडितले सहयोगको याचना भन्ने समाचार समेत प्रकाशित गरेको थियो ।

पीडित पुनले आफ्नो लागि सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिदै छोराछोरी र बृद्ध बुबाका लागि समेत आफुँ बाँचेर काम गर्नुपर्ने बताए । मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि एक महिनामा २ लाख खर्च भइसकेको बिमल पुनले बताए । यता अस्ट्रेलियामा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

Donation List:

1)Nar Pun=$150 2)Bhupen Pun=$51 3)Prabhat Pun=$100 4)Hemanta Giri=$50 5)Rajan Budhathoki=$51 6)Chakra BK =$20 7)Hom Chhantyal =$50 8)Keshu Pun =$55 9)Indra Roka =$100 10)Waiba =$55 11)Sarita Pun =$50 12)Bishow KC =$51. 13)Bharat Sherchan=$55 14)Buddha Bhattachan =$50 15)Raju Sherchan =$61 16)Khem KC =$50 17)Kishan =$50 18)Ganga Phagami =$51 19)Buddhi Chhantyal = $50 20)Nirmal Chhantyal=$51 21)Dipendra Bhandari =$ 55 22)Khum Chhantyal =$51 23)Suraj Pun = $55 24)Tilok Budhathoki =$51 25)Mohan Pun =$51 26)Bishal Budhathoki=$50 27)Anita Pun = $ 51 28 )Indira Pun = $ 50 29 )Lukesh Baniya= $51 30)Ajay Lama = $21 31)Shahana Pun=$105 32)Sanam Shrestha =$40 33)Bijan Thajali= $51 34)Khim Rontija= $50 35)Panash Gauchan= $55 36)Ganesh Roka=$50 37)Dipesh Baniya=$51 38)Kiran Pun =$20 39)Uttam Pun=$100 40)Narsing Jugjali = $100 41)Kumar Paija = $ 55 42)Dipesh Phagami= $85 43)Giri Prasad Chhantyal=$60 44)Basanta Budha=$55 45)Pujan Thapa=$50 46)Gopal Chhantyal=$30 47)Hemat Pun=$50 48)Prem Gharti Magar =$33 49)Aruna Phagami=$55 50)Basanta(Bhakta)Pun=$50 51)Alisa Pun =$55 52)Naresh Patel =$31 53)Jyoti Bishwakarma =$30 54)Buddhi Man Malla=$41 55)Jiran Rana =$55 56)Yam B Garbuja =$50 57)Bikash Bhandari=$41 58)Nar Bdr Chhetri =$50 59)Samundra Roka =$70 60)Laxmi Chhantyal=$20 61)Kalpana Tilija=$20 62)Shyam Ale=$ 41 63)Sugam Gautam=$ 40 64)Deepak Serchan =$150 65)Rajendra Pun=$100 66)Suresh Tilija=$ 50 67)Maya Pun=$51 68)Hikmat Sherchan=$50 69)Sangita Pun=$40 70)Surya K Tamang=$55 71)Dipu Budhathoki=$21 72) Ashok Bhattachan=$ 51 73) suman khadka =$ 76 74) Gopal Chand =$ 101 75) jalu pun =$ 65 76) Aliza pun=55 77)bino jugjali=$61 78) Gopal pun =$160