हिड्दाहिड्दै बाटोमा भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्वको हिरो एक्स प्लस मोटरसाइल जलेको छ। २ सय सीसीको मोटरसाईकल म्याग्दीको सदरमुकाम बेनीबाट मंगला गाउँपालिका–१,पूर्णगाउँ जाने क्रममा बाटोमै अचानक जलेपनि कम्पनीले क्षतीपुर्ती दिन आनकानी गरेको छ ।

नेपाल बैंक लिमिटेड बेनी शाखामा कार्यरत विकाश आचार्यले बागलुङको सोरुमबाट खरिद गरेको हिरो एक्स प्लस किनेको तिनदिनपछि एक्कासी यात्राको क्रममा सिटमुनी आगो लागेर बाटोमै खरानी भएको बताए ।

‘हेर्दा आर्कषक र अफ रोड बाइकको रुपमा चर्चा कमाएकाले बागलुङमै गएको किने,‘जलेर नष्ट नहुदै फोन गरेको थिए,‘प्रक्रियामा समेत पुग्दा सोरुमबाट आनकानी भइरहेको छ’ आचार्यले भने । यता कम्पनीले प्रक्रियामै रहेको जनाएको छ । आचार्यले असोज ६ गते बाईक किनेका थिए । मोटरसाइकल उच्च पहाडी भु(भागमा सजिलै कुदाउन मिल्ने गरी तयार परिएकाले पछिल्लो समय यूवापुस्ताको आर्कषण बढेको छ ।