म्याग्दीमा शनिबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनी नगरपालिका-३ भकिम्लीका ७५ को बर्षका एक पुरुषमा कोरोना पुष्टी भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने विरामीमा कोरोना पुष्टी हुने गरेको छ । म्याग्दीमा समेत लक्षण सहितका संक्रमति भेटिन थालेका छन् ।