धारापानीमा अस्पताल बनाउन माग गदैं स्थानीय आन्दोलित

0

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल पूर्वसहमति अनुसार धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि चरणबद्ध आन्दोलनमा उत्रिएर गाउँपालिका पूर्वसहमतिबाट हट्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् ।

गाउँपालिकाको केन्द्र कायम गर्दा गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल धारापानीमा बनाउने गाउँसभाबाट भएको निर्णयबाट पछि हटेर ताकममै अस्पताल बनाउने तयारी भएपछि धारापानीका स्थानीयले आम भेला गरी दबाबमुलक कार्यक्रम अघि सारेको स्थानीय तेजेन्द्र थापाले बताए ।

गाउँसभा मार्फत धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयन गर्न गाउँपालिकालाई ध्यानकर्षण गराईसकेका स्थानीयले आईतवार प्रमुख जिल्ला अधिकारी र जिसस प्रमुखलाई समेत सो समस्याबारे ज्ञापन पत्र बुझाएका छन् भने सोमबारदेखि गाउँ हुदै प्रवेश गर्ने मार्ग नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय अगुवा रिमप्रकाश थापा, होमबहादुर थापा, सविन रोका, काजिमान रोका, सरोज थापा, मानबहादुर थापा लगायतको टोलीले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई सो ज्ञापन पत्र बुझाएर सहमति अनुसार नै अस्पताल बनाउने वातवारण बनाइदिन अनुरोध गरेका छन् । विगतमा समेत धारापानीको स्वास्थ्यमा विनियोजित बजेटको कार्यान्वयमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

Leave a Reply