म्याग्दीका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नं २ का २९ बर्षिय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमतिको संख्या १ सय ३६ पुगेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले संक्रमतिका बारेमा बुझ्ने प्रयास भइरहेको जनाएको छ । सोमबारको पहिलो विज्ञप्तीमा देखिएका २० जना संक्रमतिहको स्बाब विभिन्न अस्पतालमा संकलन गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । म्याग्दीमा पछिल्लो समय संक्रमतिहरु संस्थागतभन्दा होम आइसोलेनमा बस्ने गरेका छन् ।