म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ जना पुरुष र ३ महिलामा कोरोना पुष्टी भएको हो ।

कोरोना संक्रमतिस सब कन्ट्राक टे«सिङबाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

म्याग्दीको बेनी नगरपालिका बाहेक एकैपटक ठूलो संख्यामा कोरोना संक्रमति भेटिनेमा अन्नपूर्ण परेको छ । अन्नपूर्णमा यसअगाडी समेत जिल्ला बाहिरबाट आवतजावत गर्ने स्थानीय र पालिकाकै कर्मचारीमा कोरोना पुष्टी भएको थियो । म्याग्दीमा पछिल्लो समय संक्रमतिहरु संस्थागतभन्दा होम आइसोलेनमा बस्ने गरेका छन् ।