म्याग्दीका बाइक राइडर थापा यूटुबमा पनि लोकप्रिय

0

म्याग्दीका बाइक स्टन्ट राइडर विविद जंग थापाले प्याराग्लाइडिङ उडानका क्रममा यूटुवमा १ लाख सब्सक्राइबर भएको सिल्भर प्ले बटन देखाए । अनौठो किसिमको ’राइडिङ स्किल’ भएका थापाले नेपालका विभिन्न स्थानमा यात्राको क्रममा लिएको दृष्य तथा प्रतियोगिताका भिडियोहरू लोकप्रिय युट्यूब च्यानलमा अपलोड गरेर उनी लोकप्रिय भएका छन् ।

नेपालका लोकप्रिय भ्लगरको रुपमा चिनिने थापाले विभिन्न स्थानमा मोटरसाइकल मार्फत पुग्ने र त्यसको भिडियोमार्फत प्रचारप्रसार गर्ने गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानी घर भएका थापाले जिल्लाभित्रका पर्यटकीयस्थलहरुको समेत आफ्नो च्यालनमार्फत प्रचारप्रसार गरेको बताए ।

‘मैले आफ्नो च्यानलमार्फत पर्यटकीयस्थलको प्रचारप्रसार समेत गरेको छु,‘आफ्नै शैलीबाट समेत प्रचारप्रसार गर्न सकिने अवस्था रहेछ’ थापाले भने । उनले पश्चिम म्याग्दीका विभिन्न स्थानमा साथै उत्तरी क्षेत्रको नारच्याङ्गको झरना, पर्यटकीयस्थल रुइसे लगायतका स्थानमा समेत पुगेको बताए। २ लाख १५ हजार सब्सक्राइबर रहेको थापानको च्यानलमा सहासिक पर्यटकीय गन्तब्यको प्रचारप्रसारलाई केन्द्रित गर्ने बताएका छन् । अफरोडमा बाइक चलाउने क्रममा उनले सिकेको सीपलाई ब्यवसायीक राइडरको रुपमा समेत उभ्याउन सफल भएको थापाको भनाई छ ।

आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित रोमाञ्चक अनुभव बटुलेका थापाले पल्सर डेयर भेन्चर सिजन–३ मा सेकेन्ड रनर अप हुन सफल बन्दै पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट हात पारेका थिए भने अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर थापाले भारतमा समेत आफ्नो प्रतिभा देखाएका छन्।

नेपालका स्टन्ट राइडरहरूलाई टीभीएस मोटरसाईकल कम्पनीले चेन्नाईको मन्द्राससम्म मोटर रेस ट्रयाकमा समेत प्रतिस्पर्धा गरेका छन् ।  नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलहरुको टेस्ट राइडमा समेत थापाले उत्कृष्ट स्थान हात पारेका थिए । साहसी र निडर राइडरलाई बाइकरको लोकप्रिय गन्तव्यको रुपमा म्याग्दीका विभिन्न स्थानहरुलाई समेत स्थापित गर्न सकिने थापाको भनाई छ । उनले आफ्नो कला र यूटुबमा च्यानलमार्फत म्याग्दी जिल्लाको पर्यटन प्रर्वधनमा सघाउने बताएका छन् । उनी यूटुबमा म्याग्दी राइडर विविधि अर्थात एमआबी नामले प्रख्यात छन् ।

Leave a Reply