रामकुमारीकाे व्यवसायिक मौरीपालन : ग्राहकबाट मह र माैरीको माग अत्यधिक

0
df}/Lkfns s[ifs vqL DofUbLsf] a]gL gu/kflnsf–[email protected] 88'jfsL df}/Lkfns s[ifs /fds'df/L vqL . b'O{ bzseGbf a9L ;dob]lv Jofj;flos ?kdf df}/Lkfng u/L jflif{s ?= !) nfv cfDbfgL ub}{ cfPsL l5g . tl:a/ M w'|a;fu/ zdf{,a]gL DofUbL,/f;;

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर डडुवाकी महिला उद्यमी रामकुमारी खत्रीकाे व्यावसायिक मौरीपालन सुरु गरेको झण्डै तीन दशक पुग्न लागेको छ । २०५० सालबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले साढे २८ वर्ष पुगिसक्दा पनि अझै ग्राहकको मागअनुसार मह र मौरी उत्पादनको आपूर्ति हुन नसकेको हो ।

व्यावसायिक रुपमा स्थानीयस्तरमा सञ्चालन गरेको मौरीबाट उत्पादित मह र थप व्यवसाय सञ्चालन गर्नका लागि मौरीको माग उच्च रहेपनि ग्राहकले मागअनुसार मह तथा मौरी पाउन सकेका छैनन् । यसपटक विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण यसअघि भएको लकडाउनको समयमा मौरी चराउन नपाउँदा मह र मौरीको उत्पादनमा समेत समस्या आएको मौरीपालक कृषकहरु बताउँछन् ।

सिद्धिविनायक मौरीपालन केन्द्र दर्ता गरी व्यवसाय सुरु गरेकी खत्रीको केन्द्रमा अहिले कुल ६० वटा घारमा मौरी छन् । कृषक खत्रीले दिएको जानकारीअनुसार आफ्नो घर डडुवामा ३५, नेप्टेचौरमा १०, सल्यानमा १०, भीरमुनीमा ७ र तोरीपानीका ४ वटा घारमा मह उत्पादन भैरहेको छ । कोरोना महामारीका साथै यसवर्ष अत्यधिक वर्षा परेका कारणले गर्दा पर्याप्त फुलहरु नफुलेका कारण मौरीलाई आवश्यक रस सङ्कलन हुन नसक्दा उत्पादनमा ह्रास आउने मौरीपालक कृषक रामकुमारी खत्रीले बताउनुभयो ।

व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी गर्दै आइरहेको भए पनि यसपटक कोरोना भाइरस र लकडाउनले गर्दा समस्या भएको कृषक खत्रीको भनाइ छ । रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालन व्यवसायका विषयमा सुनेपछि २०५० सालबाट खत्रीले मौरीपालन सुरु गर्नुभएको थियो । पर्यटकीय क्षेत्र टोड्के जाने बाटैमा घर पर्ने भएकाले पनि ग्राहकहरु खत्रीको घरमै मह र मौरी खोज्दै जाने गरेका छन् । कृषि व्यवसायमा रुचि भएका कारण मौरीपालनका विषयमा बुझेपछि तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा गएर जानकारी लिने क्रममा त्यहाँ मौरीपालनसम्बन्धी कुनै पनि कार्यक्रम थिएन ।

कृषक खत्रीका श्रीमान् मिनबहादुर खत्रीले भकिम्लीमा पुगेर तीनसय रुपैयाँमा मौरीपालनका लागि एउटा काठको घार खरिद गरेर ल्याएपछि गाउँबाटै सातसय रुपैयाँमा अर्को मौरीसहितको घार किनेर मौरी पाल्न सुरु भएको थियो । कृषक खत्रीले स्थानीय एपिसेरेना जातको मौरी व्यावसायिक रुपमा पाल्दै आइरहनुभएको छ । प्रतिकेजी महलाई एकहजार पाँचसय रुपैयाँका दरमा बिक्री हुन्छ भने मौरीसहितको प्रति घारको मूल्य १० हजार रुपैयाँ तोकिएको छ ।डडुवामा उत्पादित मह खरिद गर्न फोन सम्पर्क गरेर व्यापारीहरु घरमै पुग्छन् । विदेश जानेहरु तथा उनीहरुका आफन्तहरुले पनि मह खरिद गरेर लैजाने र पठाउने गरेका छन् । कृषक खत्रीले मह र मोरी बिक्रीबाट वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

Leave a Reply