जिल्ला प्रहरी कार्यालय स्याङजाले प्रहरीको हौसला स्वरुपआइ लभ यु बुढीभन्ने नौलो कामको थालनी गरेको ।जिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतका कार्यलयमा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाइ प्रत्येक दिन सुत्ने बेलाआइ लभ यु बुढीभन्नै पर्ने अभियानको थालनी गरेको हो

२४ सै घण्टा ड्यूटीमा खटिनु पर्दा घर परिवार संगको सम्पर्क टाडा हुँदै जान थाल्ने बिस्तारै माया ममता कम हुँदै जाने भएकोले सम्पर्क यथावत राख्न यो अभियान चलाइएको एसपी होविन्द« बोगटीको भनाइ

स्याङजामा कार्यरत प्रहरीले कम्तीमा एक मिनेट परिवारलाई फोन गर्नु पर्ने त्यसमा श्रीमती हुनेलेआई लभ यु बुढी वा छोराछोरीनहुनेले बुबा आमालाई फोन गर्नुपर्ने अभियान चलाइएको एसपी बोगटीको भनाइ

लामो समय परिवारसँग सम्पर्क हुन नसक्दा प्रहरीमा विभिन्न किसिमका घटना घट्ने क्रम बढेकोले त्यसलाई न्यूनीकरण गर्न यो कार्यको थालनी गरेको एसपी बोगटीको भनाइ

जिल्ला प्रहरी कार्यालयले स्याङजाले यस कार्यलाई प्रभावकारी ढंगले लैजान कार्यालय भित्र फ्रि वाइफाइको व्यवस्था समेत गरेको दिनभर ड्यूटीमा खटिएका प्रहरीले रिचार्ज गर्न नभ्याउने, अफिसमा डाटाले राम्रोसंग काम नगर्ने जस्ता समस्या भोग्दै आएका प्रहरीले यो व्यवस्था गरेसंगै आफूहरुको परिवारसँग सहज सम्पर्क भएको बताएका छन्

अहिले यहाँका प्रहरीहरु दैनिक सुत्ने बेला परिवारसँग रमाउने गरेको महिला प्रहरी टीएम पुनको भनाइ जिल्ला प्रहरी कार्यालयले परिवारसँगको सम्पर्कलाइ सुदृढ बनाउन प्रहरीको बिदामा पनि लचिलो बनेको

फोन सम्पर्क सञ्चो बिसन्चोको मात्र माध्यम भएकोले समाज इस्टमित्र भेटघाट पनि उत्तिकै आवश्यक पर्ने भन्दै विदामा पनि लचिलो बनेको हो स्याङजामा कार्यारत प्रहरीले इच्छा लागेमा महिनामा दिन घर जान पाउने छन् भने महिना भित्र पटक घर जानै पर्ने प्रावधान राखेको

यो प्रावधानले आफू लगायत अन्य साथीहरु पनि खुसी रहेकोले देशभर यो कार्यक्रम लागू भए अन्य प्रहरी साथीहरुको मनोबल उच्च हुँने प्रहरी नायब निरीक्षक महेन्द« काफ्लेको भनाइ

२४ सै घन्टा ड्युटीमा खटिने प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय स्याङजाले गरेको नयाँ कामको थालनी प्रशंसनीय यस्ता किसिमको कार्यक्रम देशभर लागू गर्न सके देश जनताको सेवामा खटिएका प्रहरीको मनोबल उचो हुने विश्वास गरिएको