पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बीमासम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड बेनी कार्यालयको आयोजनामा एक कार्यक्रमबीच अभिकर्तालाई बीमाको विषयमा अभिमुखीकरण गरिएको हो ।

अभिकर्तालाई बीमाको विषय तथा महालक्ष्मीले पछिल्लोपटक ल्याएका विभिन्न आकर्षक योजनाहरुको विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण गरिएको महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले एजेन्सी सिस्टम, बीमाका नयाँँ योजनाहरु तथा अभिकर्तालाई उत्प्रेरणालगायत विभिन्न विषयहरुमा सहजीकरण गरेकी थिइन् ।
उक्त अभिमुखीकरण कार्यक्रममा विभिन्न स्किम र उपहारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा मालिका र धवलागिरि गाउँपालिका अन्तर्गतका विभिन्न वडाबाट २२ जना अभिकर्ताहरुले सहभागिता जनाएका थिए । अभिकर्ता अभिमुखीकरण कार्यक्रमको सञ्चालन महालक्ष्मी लाइफ ईन्स्योरेन्स दरबाङ क्षेत्रका कर्मचारी नवराज उपाध्यायले गरेका थिए ।