नेपाल सरकारले सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिकगरेको छ । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएपछि नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रम मार्फत मंगलबार उचाइ घोषणा गरेका हुन् । बि.स २०७५ साल चैत्र महिनाको अन्तिम सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापनका लागि गएको टोलीमा बागलुङका रबिन कार्की समेत थिए ।नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोलीमा बागलुङका कार्की समेत शिखरमै पुगेर जोखिम मोलेर नयाँ उचाइ पत्ता लगाएका थिए । नापी विभागमा कार्यरत कार्कीसँगै खिमलाल गौतम र सगरमाथाको टुप्पोसम्म पुगेका थिए । करिब एक महिनाको अवधिमा करिब सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट तथ्यांकहरु संकलन गरिएको थियो।

सगरमाथामा प्रस्थान अगाडी समेत टोलीले विभिन्न अभ्यास गरेको थियो । देशकै प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण जिम्मेबारी पुरा गर्न अवसरलाई पुरा गरेको ईन्जिनियर कार्कीले बताए । उनले सगरमाथाको मापनसँगै आफ्नो हिमाल आरोहणको यात्राको अविस्मरणीय क्षण भएको समेत बताएका छन् ।