म्याग्दी प्रवासी नेपाली संघ (मोना)यूएई काृ तेस्रो साधारणसभा तथा अधिवेशनबाट सुवास राम्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

कोरोना भाइरस (कोभिड(१९) को जोखिमलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट आयोजित साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, उपाध्यक्ष आकाश रसाईली, उपाध्यक्ष यामुना रोका, महासचिव काजिमान बुढाथोकी, सचिव नरप्रसाद छन्त्याल, कोषाध्यक्ष बेकप्रसाद पुन र सहकोषाध्यक्ष अर्जुन कटुवाल रहेका छन् ।

अधिबेशनबाट सदस्यहरुमा कुमार कार्की, मनकुमारी विक, पार्वती अर्मजा, किरण खत्री र बिनोद केसी रहेको मोना यूएईले जनाएको छ । अधिवेशनको प्रमुख अतिथि मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जाली, बिशिष्ट अतिथि मोना आइसीका प्रबक्ता ई.नन्दबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

कोरोना भाइरसको जोखिमले भर्चुअल माध्यमबाट नयाँ कार्यसमिचि चयन गरेपनि निकट भविस्यमा कार्यक्रम गरिन अध्यक्ष राम्जालीले बताए। ‘खाडीका म्याग्देलीहरुको समस्या समाधानमा केन्द्रित हुन्छौ,‘जन्मभूमिलाई सक्ने सबै गछौं’ अध्यक्ष राम्जालीले भने ।

उनले मोनामार्फत यसअगाडी समेत धेरै रचनात्मक कार्यहरु भएकाले आगामी दिनमा समेत यूएईमा रहेका म्याग्देलीहरुको सक्रियतामा थप कार्यक्रमहरु गर्ने बताए । मोनामार्फत कोरोनाको जोखिममा परेका म्याग्देलीको उद्धार सहित विभिन्न कार्यहरु गरिएको थियो । रोजगार, ब्यापारको सिलसिलामा यूएईमा रहेका म्याग्देलीको उद्धार तथा जिल्लामा समेत संस्थामार्फत लाखौं सहयोग भएको छ ।