म्याग्दीको सदरमुकाम बेनीमा भुस्याहा कुकुरको बिगबिगी बढेपछि यूवाहरुले घाँटीमा रिफ्लेक्टर फ्लोरोसेन्ट रिबन लगाइदिएका छन् । सदरमुकाम बेनीमा दर्जनौ कुकुरले दैनिक आतंक मच्चाउन थालेपछि क्याम्पसचोकका सागर शर्माले आफ्नो जन्मदिनको अवसरमा सडकमा रहेका भुसिया कुकुरले दुर्घटनाको जोखिम बढी भएको भन्दै आफुले दुर्घटना कम होस भन्ने उदेश्यले उक्त रिबन लगाईदिएका हुन् ।

बेनी बजारका ३० वटा कुकुरको घार्टीमा उक्त रिबन लगाईएको शर्माले बताए । यो रिबन रातको समयमा लाइट पर्नासाथ टल्कने भएकाले सवारी चालकले सजिलै देख्न सक्छन् । शर्माले जन्मदिनको अवसरमा रचनात्मक कार्य गर्ने गरी उक्त सहयोग गरेको बताए । उनले अन्य रिवन क्रियटिम मञ्चलाई हस्तान्तरण गरेको बताए । अनिल पौडेल