मुलुकमा थप ८ सय २१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४ सय २३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय २१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय ३३ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ३३ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ४२ महिला र १ सय ९१ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १७ हजार ३ सय १५ पुगेको छ ।

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९३ हजार १ सय ९२ जना, ललितपुरमा १४ हजार ४ सय ३५, भक्तपुरमा ८ हजार ४ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ४२ निको भए, १८ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ४२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ । निको हुनेको कुल संख्या प्रतिशतमा ९४ दशमलव ९ रहेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १० हजार ९ सय ५५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ७१ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ३६ हजार ४ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको छ ।