पोखराबाट सिधै मुक्तिनाथ जोड्ने केबलकार आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। मुक्तिनाथ केबलकार कम्पनीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर लगानी बोर्डमा पेश गरेको छ।बोर्डसँग भएको सम्झौता बमोजिम कम्पनीले प्रतिवेदन पेश गरेको हो।कठिन भौगोलिक अवस्थाका कारण यो आयोजनाको विस्तृत रिपोर्ट बनाउन जहाजबाट अध्ययन भएको थियो।

अस्ट्रेलियाको एएमएम कम्पनीले उक्त जहाज ल्याएको थियो। सेस्ना एफ ४०६ क्याराभान जहाज प्रयोग गरी भौगर्भिक  अध्ययन गरिएको थियो। कम्पनीले २०७५ भदौमा लगानी बोर्डबाट आयोजना तयारीको अनुमति पाएको उक्त कम्पनीले १८ महिनाभित्र इआइए, डिपिआर तथा लगानी व्यवस्थापन गरिसक्ने समयसीमा पाएको थियो।

८० किलोमिटर लामो हुने यो आयोजना सम्पन्न हुनेबेलासम्म कुल ५० अर्ब लागत पुग्ने अनुमान गरिएको छ। यो कम्पनीको पूरै स्वामित्व नेपालीकै हुनेछ। यो सम्पन्न भएमा संसारकै लामो यात्रुबाहक केबलकार बन्नेछ। यसमा ७७६ वटा गोन्डुला र ७७७ टावर हुने अनुमान गरिएको छ। ६ वटा खण्डमा विभाजन गरिएको केबलकार १३ किलोमिटर लामो वीरेठाँटी–घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाई १३ किलोमिटर लामो छ ।

त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ । यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ । मार्फा केवुलकारको ट्रान्जीटको रुपमा राखिएको छ। लामो दूरीको यात्रा भएको र उचाइका कारणबाट पनि ठाउँठाउँमा अनिवार्य झर्नैपर्ने स्टेनसनहरू हुनेछन्। त्यस्तै ठाउँठाउँमा बास बस्नुपर्ने अवस्था पनि हुनेछन्।

वीरेठाँटीदेखि मुक्तिनाथसम्म यात्रा गर्दा नेपाली यात्रुले प्रतिब्यक्ति ६ हजार, भारतीय पर्यटकले ६ हजार भारतीय रुपैयाँ र अरु देशका नागरिकले १ सय अमेरिकी डलर भाडादरको प्रस्ताव गरिएको छ । एकैदिन मुक्तिनाथ दर्शन गरेर फर्किने भएकाले पनि पर्यटकको खर्च केबलकारको भाडा लगाएृत केही हुने भएकाले नेपाली पर्यटकलाई समेत केलबारले आर्कषित गर्ने देखिन्छ ।