म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा अमेरिकाबाट साढे १ लाख भन्दा बढी आर्थिक संकलन गरिएको छ।  काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरु विकको उपचारमा एनआएन र गोर्खाली स्पोर्टस् क्लव मलेसियाबाट १ लाख ३२ हजार ९२४ रुपैयाँ रमेश मल्ल, बाबुराम विश्वकर्माले हस्तान्तरण गरेका हुन् ।

बावियाचौरको डनिङ आवासीय माविमा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो । चार महिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक रहेको पीडित बालिकाको परिवारको भनाई छ ।

नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने बताएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग संकलन भइरहेको छ। सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ । पीडित बालिकाको स्वास्थ्यमा सुधार भएपनि उपचारमा थप सहयोग आवश्यकता रहेको परिवारले बताएका छन् ।