मुलुकमा थप ७ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ७६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय ६३ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ६३ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ५२ महिला र २ सय ११ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १८ हजार ४ सय ३५ पुगेको छ ।