राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाही पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आइरहेको स्पोर्टस अवार्डमा म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाही सहित पाँच खेलाडी रहेका छन् ।

शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउनसफल भएकी थिईन्

नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का साथै वर्षभरको खेल प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको छनौटमा परेकी हुन् । अन्तराष्ट्रियस्तरमा शाहीको कप्तानीमै स्वर्ण र सार्कको इतिहासमा पहिलोपटक दोस्रो भएको महिला भलिबलमा रजत पदक जित्न सफल भएको थियो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ।

भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ। भोटिङलाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ।

यसैबीच सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले मनोनयनमा परेपछि  स्वदेश तथा विदेशमा रहेका भलिबलका शुभचिन्तकलाई सहयोग गर्न अपिल गरेकी छन् । ‘मेरो लागि यो एउटा सुनदर अवसर हो,‘सबैको सहयोगको अपेक्षा गरेको छु’ शाहीले बेनीअनलाइनलाई भनिन् । यो अभियानमा म्याग्देलीबाट ठूलो साथको अपेक्षा गरेको शाहीको भनाई छ