नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले सरकार बिरुद्ध भ्रम फैल्याउनेमाथि कडा कदम चाल्न युवाहरुलाई निर्देशन दिनुभएको छ ।

नवलपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै बस्नेतले टोल-टोलमा साइबर सेना गठन गर्न समेत निर्देशन दिनु भएको छ । साइबर सेना मार्फत सरकारको प्रतिरक्षा गर्दै भ्रम फैल्याउने हरुलाई तह लगाउन उनीहरुलाई परिचालन गर्न नेता बस्नेतले आह्वान गर्नु भयो ।

यदी युवाहरुले सरकारको काम तथा नीतिहरुलालई युवाहरुले रक्षा नगरे बिकास हुन नसक्ने उहाँको धारणा थियो । सरकारका कामहरु राम्रा हुँदा हुँदै बिपक्षी दलहरुले कुप्रचार भइरहेको उहाँले आरोप लगाउनु भयो । उनीहरुको नियोजित कुप्रचारका बिरुद्ध युवाहरुले लड्नु पर्ने बेला आएको बस्नेतको भनाइ छ ।

त्यस्तै उहाँले पार्टीमा आन्तरिक समस्या सृजना भइरहेको बताउनु भयो । उहाँले अनेकौँ दाउपेच र कुण्ठाहरुका कारण पार्टीमा समस्या आएको नेता बस्नेतको भनाइ छ । अहिलेको बिवादले कसैको भलो नहुने स्पष्ट पार्नुभयो ।

अहिले विरोध गर्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको पनि प्रधानमन्त्री बाट ओलीलाई हटाउने नैतिक आधार नभएको बताउनु भयो । पाँचै बर्ष उहाँ ओली प्रधानमन्त्री ओली पदमा रहनु हुन्छ भनेर संसदमा बोल्नु अनि अहिले राजीनामा माग्नुमा कुनै तुक नरेको उहाँले बताउनु भयो । news24nepal.tv