म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर सर्वसम्मतिले चयन भएका छन् । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औ साधारणसभा तथा बाट छैठौ अधिवेशनबाट उपाध्यक्षमा शुसन श्रेष्ठ, महासचिव लक्की श्रेष्ठ। सचिव दिनेश खत्री, कोषाध्यक्ष सुमन बानियाँ, सह कोषाध्यक्षमा लुक्सन राम्जाली रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा निशा केसी, केसु पुन, सुवास रोका, सन्दिप खत्री, अनिल बानियाँ, मुक्ति सुबेदी, सन्तोष क्षेत्री, गोकुल भण्डारी, तेज सुवास भण्डारी र हिक्मत श्रेष्ठ रहेका छन् ।

रोजगार, शिक्षा र विभिन्न सिलसिलामा अष्ट्रेलियामा पुगेका म्याग्देलीहरुलाई एउटै संस्थाभित्र गोलबद्ध बनाउने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष मगरले प्रतिबद्धता जनाए । साधारणसभाको अवसरमा मोना आइइसीका सचिव हरि राम्जाली, मोना आइइसीका कोषाध्यक्ष एवम् मोना अष्ट्रेलियाका निर्वतमान अध्यक्ष मुक्ति रोकाले मन्तब्य राखेका थिए ।

अष्ट्रेलियाका विभिन्न क्षेत्रमा छरिएका म्याग्देलीहरुलाई मोनामा आवद्ध बनाइ क्षेत्रीय समितिहरुको रुपमा रुपान्तरण गर्ने अभियानमा समेत संस्थामार्फत प्रभावकारी भूमिकाको अपेक्षा गरिएको मोना आइइसीका सचिव राम्जाली र कोषाध्यक्ष रोकाले बताएका थिए । साधारणसभाको अध्यक्षता रोका, स्वागत शुसन श्रेष्ठ र सञ्चालन माधब सुबेदीले गरेका थिए ।