पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारमा ७० हजारभन्दा बढी सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी आएपछि पोखरामा उपचारर्थ ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय युवा साजन पुनका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ४ र ५ मा संकलित ३७ हजार सात सय ७०,मालिका गाउँपालिका वडा नम्बर २ मा संकलित २५ हजार १ सय १५ तथा मालिका गाउँपालिका वडा नम्बर १ स्थित पुन युनाईटेड युवा क्लबबाट दश हजार रुपैयाँ गरी पीडित पुनलाई उपचारका लागि हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग साजन र नारायण पुनले हस्तान्तरण गरेका हुन् । साजन पुन सहित भीम राज पुन,नायारण पुन र खिम राज पुनको संक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो । यता पीडितका दुई छोराछोरीको शिक्षादिक्षा सहितको अभियानमा १ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । पीडितको समस्याका बारेमा पहिलोपटक बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि विभिन्न क्षेत्रबाट सहयोग जुटेको थियो ।