संसद विघटन भइसकेपछि विभाजनको मुखमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा समूहगत भेला तीव्र भएका छन्।  नेकपामा निर्णायक मानिने नेता रामबहादुर थापा ‘बादल’ले आफ्नो समूहका नेताहरुलाई मन्त्री क्‍वाटर पुल्चोकमा बोलाएका छन्।

बालुवाटार र संसद भवन दुवैतर्फको भेलामा नगइ पुल्चोकमा बसिरहेका बादलले आफूनिकट नेताहरुसँग भावी रणनीतिका लागि छलफल गरिरहेका हुन्। जहाँ बादलसहित ४० जना बढी नेताहरु जम्मा भएका छन्। भेलामा नेताहरु पम्फा भुषाल र देव गुरुङ पनि उपस्थित छन्। त्यसैगरी उक्त भेलामा १२ जना सांसद र ३० जना बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ।