प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री भएकाले आफूले गरेको निर्णयमा अदालत बाधक नहुने बताएका छन् । आफू निकटका निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले बालुवाटारमा सोमबार बिहान भएको भेलामा सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।” ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताएका छन् ।

“संवैधानिक व्यवस्थाअनुसार हो कि होइन भन्ने विश्वको उदाहरण पनि हेर्नुपर्ने हुन्छ । अदालतले के गर्छ भन्ने प्रश्नमा ६४ प्रतिशत प्राप्त प्रधानमन्त्री हुँ । baahrakhari.com