म्याग्दीको रघुगंगा गाउँपालिका-२साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अस्ट्रेलियामा रहेका राखुबासी, म्याग्देली र नेपालीहरुले सहयोग गरेका छन्।

राखु समाज अस्ट्रेलियाको पहलमा भण्डारीको उपचारमा १ लाख २८ हजार ५७५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। संस्थाका सचिव एवम् आर्थिक सहयोग संकलन समितिका संयोजक गोकुल भण्डारीले नियमित औषधी सेवन तथा उपचारमा केही राहत हुने गरी आर्थिक पठाइएको बताए ।

‘यो सहयोगले केही सहज हुने अपेक्षा गरेका छौ,‘आर्थिक सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु’ उनले भने । पीडित भण्डारीको उपचारमा राखु भगवतीबाट देशका विभिन्न जिल्लाका साथै प्रवासमा रहेकाले आर्थिक सहयोग गरेका थिए । संस्थाले हालसम्म विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ ।